सूचनाको शक्ति - The Power Of Information

        

शाहिदको ‘जर्सी’ ३१ डिसेम्बरमा आउँदै, यस्तो छ ट्रेलर

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘जर्सी’को हिन्दी रिमेकको रुपमा बनेको शाहिद कपुर अभिनित फिल्मको ट्रेलर सार्वजनिक भएको छ।

३१ डिसेम्बरमा प्रदर्शनम आउने फिल्मको ट्रेलर मंगलबार सार्वजनिक भएको हो। फिल्ममा एक जना पूर्व क्रीकेट खेलाडीको कथालाई देखाइएको छ।

आफ्नो सन्तानको जर्सी लगाउने चाहानाले उसलाई आफ्नो बिगतसँग फेरि जुँध्ने मौका दिएको हुन्छ। सन् २०१९ मा प्रदर्शनमा आएको तेलगु भाषाका निर्देशक गौतम तिन्ननुरी निर्देशित ‘जर्सी’ कै कथा शाहिद कपुरको जर्सीमा देखाइएको छ।

फिल्मलाई तिलगु भाषाकै फिल्मका निर्देशक तिन्ननुरीले निर्देशन गरेका छन्। शाहिदसँगै फिल्मको मुख्य भुमिकामा म्रुनल ठाकुर, पंकज कपुर लगायतको अभिनय छ। फिल्म परम्परा ठाकुरको संगीतको सजिएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार ०९:४२