बाँके । बाँकेमा नेपाली काँग्रेसको प्रदेशसभाको निर्वाचनमा संस्थापन पक्षको वर्चस्व देखिएको छ । यसअघि पालिका निर्वाचनमा आठमध्ये पाँचवटामा संस्थापन पक्षले कुल ५ वटा प्रदेशसभा क्षेत्र भएको बाँकेमा चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको छ ।
दुईवटा प्रदेश निर्वाचन क्षेत्रमा मात्रै कोइराला र पौडेल पक्ष विजयी भएका छन् । जिल्ला निर्वाचन समितिले दिएको जानकारीअनुसार संस्थापन पक्षले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क), प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (ख), प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) र (ख) को सभापतिसहित पदाधिकारी जितेको छ ।
उता संस्थापन इतर (कोइराला–पौडेल) पक्षले प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) र २ (क) को सभापतिसहित प्यानल जितेको छ । बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) को सभापतिमा लक्ष्मण थारु निर्वाचित भएका छन् । उनी संस्थापन पक्षका हुन् । ।
त्यसैगरी प्रदेशसभा क्षेत्र नं. २ (ख) को सभापतिमा संस्थापन पक्षका जितेन्द्रबहादुर हमाल निर्वाचित भएका छन् । निर्वाचनमा उनले प्रतिस्पर्धी अकबर अली दर्जीलाई पराजित गरे । हमालले १५२ मत पाउँदा दर्जीले ६४ मत पाए ।
यसैगरी एउटा पदमा एक जनाको मात्र उम्मेदवारी परेपछि प्रदेशसभा क्षेत्र नम्बर ३ (क) को सभापतिमा संस्थापन पक्षका केशवकुमार शाह निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) को सभापतिमा निर्विरोध निर्वाचित भएका राजेन्द्रकुमार आचार्य पनि संस्थापन पक्षका हुन् ।
प्रदेशसभा क्षेत्र नम्बर १ (ख) को सभापतिमा संस्थापन इतर समूहका बलराम शर्मा निर्वाचित भएका छन् । यसैगरी नेपाली काँग्रेस बाँके प्रदेशसभा क्षेत्र नम्बर २ (क) को सभापतिमा संस्थापन इतर पक्षका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् ।
।