सूचनाको शक्ति - The Power Of Information

        

डोटीमा कुटपिटबाट एक जनाको ज्यान गयो

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । कुटपिटबाट ४९ वर्षीय धनबहादुर मगरकाे ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो ।

मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते हुनुभएकाे थियाे । उहाँलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चन्दले बताउनु भयो ।

कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौताराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार ०९:४४