सूचनाको शक्ति - The Power Of Information

        

‘सिङ्गल ट्रि’ले पर्यटकीय गन्तव्य बन्दै इचङ्गु

काठमाडौं । काठमाडौंको हलचोकस्थित पश्चिम उत्तरको माथिल्लो भागमा छ, सिङ्गल ट्रि अर्थात एक रुखे । नागार्जुन नगरपालिका ३ इचङ्गुमा अवस्थित उक्त स्थानमा स्वयम्भू अथवा सीतापाइलाबाट जान सकिन्छ । जुन स्थान उचाइमा रहेको छ ।

सिङ्गल ट्रि हिल्स प्रालिले स्विङ्ग सञ्चालनमा ल्याएर हो । जहाँ दुलही झै सिङ्गारिएको पिङमा बसेर सामाजिक सञ्जालमा पोस्टिन कसलाई रहर नहोला र ? टिकटक युवाका आकर्षक केन्द्रको रुपमा परिचित रहेको छ ।

पर्यटकीय गतिविधिहरु रिङ्गरोड बाहिर आकर्षक गन्तब्य बन्न सक्छ यी यस्ता मानव निर्मित संरचना । जहाँबाट उपत्यकाको रमणीय दृष्यको साथै विभिन्न मनमोहक दृष्य देख्न सकिन्छ । पछिल्लो समय सामाजिक सञ्जालकै रुपमा टिकटकमा रमाउनेहरुका लागि आकर्षक रोजाइमा पर्न थालेको छ ।

जहाँ दैनिक कम्तीमा पनि २५० देखि ३०० जना आन्तरिक पर्यटक आउने एक सञ्चालक प्रेम लामाले बताए । बिगतमा खासै परिचित नरहेको स्थान अहिले सामाजिक सञ्जालले गर्दा आकर्षक गन्तब्य रहेको र तस्वीरकै कारण आउने गरेको लामा बताउँछन् ।

पर्यटकहरुको बढ्दो चाहनालाई ध्यानमा राखेर स्काइ साइक्लिङ र जिप लाइन पनि परिक्षण गरिसकेको जानकारी दिए । सिङ्गल ट्रि बसाइका क्रममा त्यहाँको मनोरम वातावरणमा रमाउँदै पर्यटकहरू मोबाइल तथा क्यामेरामा प्राकृतिक विविधतालाई कैद गर्दै सेल्फी खिच्न तथा टिकटक बनाउनमा नै व्यस्त देखिन्थे ।

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार ०८:४०