काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो। हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधि मनोनितबारे छलफल हुनेछ। एमालेले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्दैछ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ।
।