जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाको ५२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडामध्ये ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका ईन्चार्ज गोमा कुँवरका अनुसार हालसम्म ५२ वडाको नेतृत्व चयन भईसकेको र वाँकी एक दुई दिनमा नौ वडाको सकिने भएको छ ।
माओवादी नेता पूर्णप्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिंजाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भइसकेको बताए ।
यता गुठिचौर गाउँपालिकाका ईन्चार्ज भवानीप्रसाद अधिकारीका अनसार गुठिचौरका ५ वडामध्ये ४ र ५ गते दुई वटा वडाको सम्मेलनसहित नेतृत्व चयन भइसकेका र बाँकी ३ वडाको भइरहेका छन् ।
चन्दननाथ नगरपालिका अध्यक्ष ललितजंग महतका अनुसार चन्दननाथ नगरपालिकाका वडा नम्बर ५ वाहेक ९ वटा वडाको सम्पन्न भईसकेको र ५ वडाको हुने तयारी भएको जानकारी दिए ।
यता पातारासी गाउँपालिकाका ४ वटा वडा सम्मेलनबाट नेतृत्व भइसकेको वाँकी तयारी भइरहेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्था अनुसार वडा स्तरको नेतृत्व चयन भएको हो ।
यसैगरी हरेक टोल कमिटि १९ सदस्यीय, सेल कमिटि १५ जनाको गठन गरिएको छ । पूर्वराज्यमन्त्री कुँवरका अनुसार स्थानीय तहमा पालिका कमिटी ५५ जनाको हुने र नेकपा माओवादीको केन्द्रीय सर्कुलर अनुसार ११ गते पालिका स्तरीय सम्मेलन हुने भएको छ ।
।