सूचनाको शक्ति - The Power Of Information

        

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, तीन जना बालकको ज्यान गयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको ज्यान गएको छ ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको हो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा हिजो बेलुका सात बजेतिर आगो लागेको हो ।

गोठमा सल्किएको आगोले घर पनि जलेर नष्ट भएको छ । आगो लागे पछि बालबालिका घर बाहिर निस्कन नसक्दा उनीहरुको ज्यान गएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आगो लागेको समयमा अभिभावक घरमा थिएनन्  । आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, त्यहीँ गाउँका सुकमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको ज्यान गएको हो ।

आगो गएराति नै नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार ०७:५१