सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीबाट ‘जनमत माटो यात्रा’ सुरु गर्ने सीके राउतको निर्णय

OLYMPUS DIGITAL CAMERA

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले मेचीदेखि महाकालीसम्म ‘जनमत माटो यात्रा’ सुरु गर्ने भएको छ ।

सो पार्टीको आइतबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले मंसिर १० गते लुम्बिनीबाट राउतको नेतृत्वमा विभिन्न चरणमा गरी जनमत माटो यात्रा सुरु गर्ने निर्णय भएको हो ।

यो यात्राको लक्ष्य हरेक स्थानीय तहमा पुगेर त्यहाँको माटो संकलन गर्ने र अन्त्यमा सबै गाउँ तथा सहरको माटो मिलाएर ‘मधेश एकता उद्यान’ निर्माण गर्ने रहेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले विगत २८ दिनदेखि जारी आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ०९:०७