सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार साढे ११ अङ्कले घट्यो

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ११ दशमलव ६० अङ्कले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ ।

आज जलविद्युत् र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २५ कम्पनीका ७८ लाख ९४ हजार कित्ता शेयर चार अर्ब ३५ करोड ७३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ५० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नारायणी विकास बैंक र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतवार १९:०३