सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा काेराेना सङ्क्रमणबाट निकाे हुनेकाे सङ्ख्या ८ लाख नाघ्याे

तीन सय ७० जना निको भए

काठमाडौं । नेपालमा (काेभिड–१९) कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या आठ लाख जना नाघेको छ ।

पछिल्लो २४ घण्टामा तीन सय ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख तीन सय ५९ जना पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार १९ जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय १४ जना गरी कुल नौ लाख १४ हजार तीन सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा एन्टिजेनबाट पुष्टि भएको विवरण छुट्टै सार्वजनिक गरे पनि उनीहरू निको भएको विवरण भने सार्वजनिक गरेको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय २३ जनाको नमुना परीक्षण गर्दा दुई सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ९६ पुगेको छ ।

अहिले नेपालमा सात हजार एक सय ६४ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा ७९ लाख ६ हजार तीन सय ६९ जनाले पूर्ण मात्रा र ९१ लाख २० हजार १४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतवार १८:५४