बाँके । बाँकेमा आइतवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका दुई वटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा ४५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५३ पुगेको छ ।
यस्तै आइतवार २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९३ पुगेको छ ।
।