बाँके । बाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जनाको राती फरक फरक समेयमा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार मंसिर ३० गते अस्पताल भर्ना भएका बाँके बैजनाथ ५ का ६८ वर्षिय पूरुषको राती ११ बजे मृत्यु भएको थियो भने मंसिर २५ गते अस्पताल भर्ना भएका गढवा ७ दाङकी ४९ वर्षिया अनुमती चौधरीको बिहान ३ बजे मृत्य भएको हो ।
आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारमा आएका मध्यबाट मृत्यु हुनेको संख्या ४३३ पुगेको छ । बाँके जिल्ला भित्रका मात्रै अहिले सम्म ३४१ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन तेज वलीले जनाएका छन् ।
।