सूचनाको शक्ति - The Power Of Information

        

देशका धेरै ठाउँको मौसम आज सफा रहने

काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले तुवाँलो लागेको छ । तर, तुवाँलो बिस्तारै हट्दै गइ मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँमा घाम लाग्ने छ । प्रदेश-१ का एक/दुई ठाउँमा भने आज फाट्टफुट्ट पानी पर्ने र प्रदेश-१ कै केही हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ ।

अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । आज हिजो अस्तिको जस्तो मौसम बद्ली हुने छैन । मौसमविद्का अनुसार अहिले नेपालमा मौसमलाई असर गर्ने खालको उल्लेखनीय प्रणाली छैन ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

चिसो बढ्दै गएसँगै अधिकतम तापक्रम घट्दै जान थालेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतवार ०८:२३