सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमालेलाई सिध्याउन अरु १० दल आएपनि कुनै फरक पर्दैन : अध्यक्ष ओली

महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले कसैको वैशाखी नटेकी आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले शनिबार आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफ्नो पार्टी एक्लै निर्वाचनमा जाने बताए ।

सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेको नेपाली कांग्रेसले त्यसो नभनेको उल्लेख गर्दै ओलीले एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए ।

उनले भने, अरु दल कांग्रेसको औँला नसमाती हिँड्न सक्दैनन् । तर, हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छौँ ।  कार्यक्रममा काठमाडौं महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुर्याइरहेको दाबी गरे ।

साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दामुनिका बालबालिकालाई निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार १७:३९