सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट बाँकेमा एकको मृत्यु

बाँके । बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ दाङका ३५ वर्षीय पुरुषको शुक्रवार राती ८ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ४० र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ३२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार १७:२८