सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा शनिवार ४ संक्रमित थपिए, १० डिस्चार्ज

बाँके । बाँकेमा शनिवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका दुई वटा प्रयोगशालामा ६९ वटा नमुना जाँच्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३८ नमुना परीक्षण गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा ३१ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५४ पुगेको छ ।

यस्तै शनिवार १० जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९१ पुगेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार १७:२४