बाँके । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट कोहलपुर नगरमा विरेन्द्रकुमार शाह निर्वाचित भएका छन् । सभापतिमा निकटतम प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठलाई १६ मतको अन्तरमा हराउँदै शाह नेतृत्व पुरै प्यानल विजयी भएको हो ।
शाह संस्थापन इतर पक्षका र श्रेष्ठ संस्थापन(देउवा) पक्षका हुन् । सभापतिमा निर्वाचित भएका शाहले कुल एक सय ६० र श्रेष्ठले एक सय ४४ मत प्राप्त गरेको मतदान अधिकृत(अधिवक्ता) प्रभाकर भट्टराईले जानकारी दिए । यस्तै उपसभापतिमा निर्वाचित भएका भरत शर्मा र सुशील सापकोटाले समान १६७ मत ल्याए ।
दुबैका निकटतम प्रतिस्पर्धी चेतकान्त भट्टराईले १३९ र अंशुमान चौधरीले १२८ मतमा चित्त बुझाउनु प¥यो । सचिवमा पनि शाह पक्षका गोविन्द वाग्ले र बालकुमार शर्माले समान १८१ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी भूमबहादुर भण्डारीले १३२ मत र भुपेन्द्र शाही १०६ मतमा समेटिए । सहसचिवमा निर्वाचित भएका महेशकुमार चौधरीले १७७ र रामु लम्सालले १५० मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिस्पर्धी कृष्णकुमार पुन मगरले १३८ र कमल बहादुर शाहीले १२९ मत ल्याएको मतदान अधिकृत भट्टराईले बताए ।
।