सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको राप्तीसोनारी ६ मा निशुल्क स्वास्थ्य शिविर संञ्चालन

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ (फत्तेपुर) मा आज निशुल्क स्वास्थ्य शिविर संञ्चालन गरिएको छ ।

असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको स्वास्थ्य शिविरमा १ सय ६७ जनाले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन ।

 

उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा कार्यरत नाक, कान, घाँटी रोग बिशेषज्ञ डाक्टर प्रकाश बसेल र भेरी अस्पताल नेपालगंजमा कार्यरत जनरल फिजिसियन डाक्टर सल्मान शेषले चेकजाँच गरी उपचार परामर्श दिनुभएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १८:१३