सूचनाको शक्ति - The Power Of Information

        

नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले रिक्त रहेका पदमा लोकसेवा आयोगको सहमति पश्चात २७० जना कर्मचारीको दरखास्त आहवान गरेको हो ।

एसएलसी देखि माथी शैक्षिक योग्यता हुने नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन फर्म भर्नको लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ११:३७