सूचनाको शक्ति - The Power Of Information

        

रुकुमपश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

रुकुम ।  रुकुमपश्चिममा हुने आजका लागि तोकिएको कांग्रेस १४ औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ ।

शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो ।

धार्मिक मेलाका कारणले रुकुमपश्चिममा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुमपश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए ।

‘धार्मिक अवसरमा परापूर्व कालदेखि लाग्दै आएको महत्वपूर्ण स्थानीय पर्वसमेत रहेकोले अधिवेशन स्थगित गरिएको हो,’ उनले भने, ‘स्थगित भएको प्रदेश अधिवेशन मंसिर ५ गते गरिने सहमति भएको छ ।’

त्यस्तै, मंसिर ६ गतेका दिन नेपाली कांग्रेस रुकुमपश्चिमको सातौँ जिल्ला अधिवेशन हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १०:५३