सूचनाको शक्ति - The Power Of Information

        

किसानसामु झुके मोदी, कृषि कानून फिर्ता लिने घोषणा

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा लागू गरिएको तीन नयाँ कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् ।

शुक्रवार देशलाई सम्बोधन गर्दै उनले आफ्नो तपस्यामा कमी भएको हुन सक्ने बताए । नोभेम्बर महिनाको अन्त्यमा आरम्भ हुन लागेको संसद् सत्रमा तीनैवटा कृषि कानून फिर्ता लिने संवैधानिक प्रक्रिया शुरू गर्ने मोदीले बताए ।

आफूहरूले कृषकको हितकै लागि काम गरेको मोदीको भनाइ छ । सबैजनाका लागि मेहनतमा कुनै कमी नरहेको र किसानहरूको सपना साकार पार्नका लागि थप मेहनत गर्ने उनले बताए ।

किसानहरूलाई घर फर्किन र खेतमा काम गर्न उनले अनुरोध गरे । कृषि कानूनविरुद्ध लगातार एक वर्षदेखि किसानहरूले आन्दोलन चलाउँदै आएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १०:३९