सूचनाको शक्ति - The Power Of Information

        

लागूऔषध न्यूनीकरण गर्न संयुक्त अभियान

बाँके । खुला सिमानाका कारण नेपालगन्जमा बढ्दै गएको लागूऔषध ओसारपसार र दुव्र्यसन न्यूनीकरणका लागि लागूऔषध दुव्र्यसनविरुद्धको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ– संस्थाले संयुक्त रूपमा विशेष अभियान सञ्चालन गर्ने भएका छन् ।

नवकिरण पुनस्र्थापना केन्द्र, प्रेरणा, सामना, नयाँ आशा, चेन्ज टिम, सभ्य पाइला, नव दृष्टि, प्रयासलगायतका विभिन्न सङ्घ संस्थाले एक्लै एक्लै न्युनीकरण गर्न नसक्ने ठहर गरेर संयुक्त विशेष अभियान सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् ।

उनीहरूले पहिलो पटक मिलेर नाकादेखि नगरसम्म विभिन्न सचेतनामूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको नवकिरण पुनस्र्थापना केन्द्रका प्रमुख उत्तम खरेलले बताए । उनले उपमहानगरको सहयोगमा संयुक्त रूपमा विभिन्न कार्यक्रम गर्ने तय गरिएको बताए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले लागूऔषध दुव्र्यसन एक जना व्यक्ति र एक परिवारको मात्र समस्या नभई सिङ्गो देशको साझा समस्या भएको जनाउँदै न्यूनीकरण गर्ने जिम्मेवारी पनि सबैको साझा रहेको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०९:४५