सूचनाको शक्ति - The Power Of Information

        

विश्वभर कोरोना कारण मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ४८२ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५१ लाख ४६ हजार ७८ पुगेको हो ।

ओल्डोमिटरको तथ्यांकअनुसार रुसमा थप एक हजार २५१, अमेरिकामा एक हजार ४२, ब्राजिलमा २७९, टर्कीमा २२६ र बेलायतमा १९९ संक्रमितको मृत्यु भएको हो ।

यही अवधिमा ५ लाख ४६ हजार ७८ जना संक्रमित थपिएका छन् भने ४ लाख ३ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा ९० हजार ५२५, बेलायतमा ४६ हजार ८०७, रुसमा ३७ हजार ३७४, टर्कीमा २२ हजार २३४ र ब्राजिलमा १२ हजार ३०१ संक्रमित थपिएका हुन् ।

योसहित कुल संक्रमितको संख्या २५ करोड ६२ लाख ९६ हजार ३२० पुगेको छ ।

त्यसैगरी अमेरिकामा ५८ हजार २९६, रुसमा ३६ हजार ८९४, बेलायतमा ३३ हजार ८९४, टर्कीमा २९ हजार ५३८ र ब्राजिलमा १२ हजार ९७ संक्रमित थप निको भएका हुन् ।

यससँगै विश्वभर निको हुनेको संख्या २३ करोड १५ लाख २ हजार ३३७ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०९:३७