सूचनाको शक्ति - The Power Of Information

        

समाचार

गुणस्तरहिन तीन सिमेन्टको बिक्री रोक्का, मागियो १५ दिने स्पष्टीकरण

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तीन उद्योगको सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ ।

सिमेन्टको गुणस्तर परिक्षणका क्रममा तोकेको गुणस्तर अनुसार नरहको भन्दै विभागले विक्री वितरण रोक्का गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो । विभागले संकलन ४३ ग्रेडको ओपिसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ रहेको यो नमुना नेपाल गुणस्तर ५७२ अनुसार नरहेको भन्दै मारूती सिमेन्टको ४३ ग्रेडको सिमेन्ट बिक्री रोक्का गरेको हो ।

त्यस्तै युनाइटेड सिमेन्टको ५३ ग्रेडको संकलित ओपिसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३७ र ५३ हुनुपर्नेमा ३५ र ३९ रहेको यो नमुना नेपाल गुणस्तर ५७२ अनुसार नरहेको भन्दै ५३ ग्रेडको सिमेन्ट विक्री रोक्का गरी सो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिएको छ । साथै १५ दिनमा स्पष्टीकरण दिन निर्देशन समेत दिएको छ ।

साथै जगदम्बा सिमेन्टको पिपिसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० रहेको यो नमुना नेपाल गुणस्तर ३८५ अनुसार नरहेको सिमेन्ट विक्री रोक्का गरी सो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिनुका साथै १५ दिनमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १७:३६