सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्चको फुलकोर्टले पारित गर्‍यो गोलाप्रथा नियमावली

काठमाडौँ  । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाद्वारा मुद्दा हेर्ने नियमावली पारित गरेको छ।

बैठकले बिहीबार गोला प्रथा लागू गर्न नियमावली पारित गरेको छ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको आन्दोलन गहिरिँदै जाँदा उनले बिहीबारका लागि फुलकोर्ट बैठक बोलाएका हुन्।

यसअघि फुलकोर्ट बैठकमा न्यायाधीशहरु सहभागी नभए पनि बिहीबारको बैठकमा भने सबै न्यायाधीशहरु सहभागी थिए।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १६:३०