सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बिहीवार ३ जनामा कोभिड पुष्टि

बाँके । बाँकेमा बिहीवार ३ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा ६२ वटा नमुना जाँच्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २४ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै मेडिकल कलेज कोहलपुरमा ३१ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भयो । बागेश्वरी प्रयोगशालामा ७ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका तीनै जना जिल्ला बाहिरका हुन् । यस्तै बिहीवार २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७८ पुगेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १६:२४