बाँके । बाँकेमा बुधवार कोरोना भाइरसका २ जना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा प्रयोगशालामा ६० वटा नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १८ र बागेश्वरी प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमण पुष्टि भएका दुवैजना बाँकेका हुन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ४३ पुगेको छ ।
यस्तै बुधवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७६ पुगेको छ ।
।