सूचनाको शक्ति - The Power Of Information

        

दमक र घोराहीमा सांग्रिला बैंकको सेवा सुरू

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमक र दाङको घोराहीमा सेवा सुरु गरेको छ।

ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन झापाको दमक नगरपालिका-६ दमक बजार र दाङको घोराही उपमहानगरपालिका-१०, नारायणपुरमा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

दुवै शाखाबाट सोमबारदेखि बैंकिङ कारोवार शुरु भएको छ। दमक र नारायणपुर शाखा कार्यालय सञ्चालनसँगै बैंकको कुल शाखा संख्या १०४ पुगेको छ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानमा पनि चाँडै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको समेत जनाइएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार ०७:५६