सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिसमक्ष अख्तियारले बुझायो प्रतिवेदन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन्।

संवैधानिक निकायहरूले वर्षभरको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने कानुनी व्‍यवस्था छ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार १६:४४