सूचनाको शक्ति - The Power Of Information

        

आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार, प्रधानन्यायाधीशलाई छेक्ने रणनीति

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज सोमबार पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ ।

आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका महासचिव लीलामणि पौडेलले बताए ।

प्रधानन्याधीशलाई सर्वाेच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ ।  आज पनि मध्यान्न १२ बजेसम्म देशभरका सबै अदालतमा विरोधका कार्यक्रम रहेको उनले बताए ।

 बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार १०:१५