सूचनाको शक्ति - The Power Of Information

        

ओखलढुङ्गामा जिप दुर्घटना : तीनजनाको मृत्यु, १३ घाइते

ओखलढुङ्गा। ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप सोमबार बिहान दुर्घटना भएको हो।

एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। ​दुर्घघटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार १०:०६