बाँके। बाँकेको नरैनापुरमा बाघले मान्छे र गाईलाई आक्रमण गरेको छ । गाई चराउन गएका नरैनापुर गाउँपालिका वडा नम्वर ४ पण्डितपुरुवाका लखन गडरियाको बाघको आक्रमणमा मृत्यु भएको हो ।
गडरिया २५ गते गाई चराउन गएका थिए । त्यो दिन यनी फर्किएनन् ।
भोलीपल्ट स्थानीयले थाहा पाए । त्यो दिन सबैले उनको खोजतलास समेत गरे । उनी कतै भेटिएनन् । २७ गते प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमका अनुसार खोजतलासको निवेदन आएपछि जगलतिर खोजन गयौ ।
२८ गते राती जगलमा गडरिया र एउटा गाई मृत भेटियो स्थानियले घटनास्थल वरपर बाघ कराए को सुनेको बताए । नरैनापुरको वर्यटकस्थल गोवद्धधन धामदेखि ५ किलोमिटर जति पूर्वपटी जगलमा गडरियाको शव फेला परेको हो । शवको विठयु भाग बाघले खाएको छ । घाटी र शरीरका अन्य भागमा नग्रले कोतरेको छ ।
बाघले एउटा गाईसमेत मारेको छ ।
प्रहरीले गडरियाको शवलाई पोष्टमार्टका लागि नेपालगञ्ज पठाएको जनाएको छ । रष्टिय जगलमा समेत बाघ देखिएपछि स्थानीउय त्रसित भएका छन् । बाँकेको पूर्वीगाभरमा केहि महिना अघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।
।