सूचनाको शक्ति - The Power Of Information

        

भेरीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित बर्दियाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार, दुई दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ४ की ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

कात्तिक २५ गते पीसीआर गरिएकी उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको हो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ४ सय ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतवार १०:२३