बाँके । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह भारत गएका छन् । बर्दियामा आयोजित कार्यक्रममा सहभागी भएर सिंह नेपालगन्ज, लखनउ हुँदै भारत गएका हुन् ।
‘उहाँको परिवारभित्रकै मान्छे भारतमा बिरामी हुनुहुन्छ । उहाँलाई भेट्न जानुभएको हो,’ कांग्रेस सांसद सञ्जयकुमार गौतमले भने, ‘अरु त्यस्तो केही कार्यक्रम भएर जानुभएको होइन बिरामी भेट्न जानु भएको हो ।’
बर्दियामा सांसद गौतमले सांसद क्षेत्र विकास कोषको रकमबाट गणेशमान सिंहको शालिक बनाएका थिए । गौतमले गणेशमान सिंहको शालिकको अनावरण गर्न उनकै छोरा प्रकाशमान सिंहलाई बर्दिया लगेका थिए ।
तर, भारतमा रहँदा नेता सिंहले केही भारतीय सत्तारुढ दलका नेताहरुसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ । सिंह कांग्रेसको १४औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार हुने बताउँदै आएका छन् ।
।