सूचनाको शक्ति - The Power Of Information

        

बझाङ घर भएका सिंहको भारतमा मृत्यु

बझाङ । भारतको केरेलामा काम गर्न गएका एक नेपालीको मुत्यु भएको छ । बझाङको जयपुथ्वी नगरपालिका–१ कैलास पिमीका अन्दाजी ५५ बर्षिया लक्ष्यबहादुर सिंहको केरेलामा अचानक मृत्यु भएको आफन्तले बताएका छन् ।

उनका आफन्त गणेश सिंहका अनुसार केही घन्टाअघि सिंह अस्पतालको बेडमा मज्जाले इन्टरनेट चलाइराखेका थिए । बिरामी सिंहलाई एक्कासी ‘हट ट्याक’ भएको हुनसक्ने आफन्त गणेशले सत्यपाटीलाई बताए ।

मृतक सिंहले आफ्ना गाउँका आफन्तलाई केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो कलमा कुरा गरेर, अब आफू केहीदिनमै बझाङस्थित घरमा आउने आफन्त सागर सिंहलाई बताएका थिए । अर्थजङ्ग शाही/बझाङ

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार ०७:४८