सूचनाको शक्ति - The Power Of Information

        

अन्तिम समयको पेनाल्टीमा चुक्दा जितबाट वञ्चित भयो इटाली

काठमाडौं ।विश्वकप फुटबलको छनौट चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा इटाली बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा इटाली स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो ।

११ औँ मिनेटमा विड्मेरको गोलबाट स्वीट्जरल्याण्डले सुरुवाति अग्रता लिएको थियो । ३६ औँ मिनेटमा जिओभानी डी लोरेन्जोले इटालीका लागि बराबरी गोल गरे ।

अन्तिम मिनेट अर्थात ९० औँ मिनेटमा इटालीले पेनाल्टी पाएको थियो । तर जोर्जिन्हो त्यसमा चुके, इटाली जितबाट वञ्चित भयो । बराबरीपछि समूह सी मा रहेको इटालीको सात खेलबाट १५ अंक भएको छ । दोस्रो स्थानको स्वीट्जरल्याण्डको पनि १५ अंक रहेको छ ।

सोही समूहको अर्को खेलमा उत्तरी आयरल्याण्डले लिथुवानियालाई १–० ले पराजित गरेको छ । तेस्रो स्थानको उत्तरी आयरल्याण्डको सात खेलबाट ८ अंक भएको छ । बुल्गेरी ८ अंकसहित चौथो स्थानमा छ । तीन अंक जोडेको लिथुवानिया पुछारमा छ ।

समूह एफ अन्तर्गत शुक्रबार राति भएको खेलमा अस्ट्रियालो इजरायललाई ४–२ ले पराजित गरेको छ । अर्को खेलमा स्कट्ल्याण्डले माल्डोभालाई २–० ले पराजित गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार ०७:२७