सूचनाको शक्ति - The Power Of Information

        

आज भगवान शनिदेवको पूजा गरिँदै, हेर्नुस् तपाईको राशि

काठमाडौं । शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन । शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन् ।

ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास छ । शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव समेत कम पार्न सकिने बताइन्छ ।

ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ । शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ । यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् ।

शनिवार जीवनमा सतर्क रहन आवश्यक हुन्छ । यस दिन चाँडै सफलता पाउन अनुचित काम गर्नबाट बच्न, कसैलाई अति भरोसा गर्नबाट पनि बच्नुपर्दछ । यस दिन राशि अनुसार केही काम गर्नु पर्दछ भने केही काम गर्नबाट बच्नुपर्दछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यस राशिका जातकले शनिवार आफ्नो कुरा राख्न पाउने अवसर पाउनेछन् । यस दिन आवश्यकताभन्दा बढी धन खर्च गर्नबाट बच्नुपर्दछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – यस राशिका जातकले शनिवार धन लाभको नयाँ अवसर पाउनेछन् । यस दिन सानातिना प्रलोभनबाट आफूलाई बचाउने कोसिस गर्नुपर्दछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) – यस राशिका जातकले शनिवार शिक्षा क्षेत्रमा लाभ पाउनेछन् । यस दिन चाँडै सफलता पाउने नाममा कुनै अनुचित कार्य गर्नबाट बच्नुपर्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – यस राशिका जातकले शनिवार व्यापार सम्बन्धित इमानदारीका साथ गर्ने अवसर पाउने छन् । साथै समयै आफ्नो जिम्मेदारी पुरा गर्ने प्रयत्न गर्नुपर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – यस राशिका जातकले शनिवार दिएको धन प्राप्त हुने योग बन्ने छ । तर अनावश्यक खर्चमा कटौती भने गर्नुपर्ने हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – यस राशिका जातकले शनिवार सम्बन्ध विस्तारको अवसर पाउने छन् । यस दिन व्यापार कार्य गर्दा सोचविचार गर्नुपर्ने हुन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – यस राशिका जातकले शनिवार राजनीतिक विषयबाट टाढा रहन प्रयास गर्नु पर्दछ । यस दिन मनमा आएको नौलो काम गर्ने इच्छालाई कार्यान्वयन ल्याउनु पर्दछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – यस राशिका जातकले शनिवार चाँडै धन कमाउन गलत योजनामा पुँजी निवेश गर्नु हुँदैन । अध्ययनमा राम्रो हुने भएकाले यस दिन पढाइको क्षेत्रमा समय खर्चनु पर्दछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – यस राशिका जातकले शनिवार कार्यक्षेत्रमा आफ्नो प्रतिभा देखाउने अवसर पाउने छन् । यस दिन परिवार लगायत नजिकका मानिससँग मित्रवत् व्यवहार गर्नबाट चुक्नु हुँदैन ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) – यस राशिका जातकले शनिवार व्यापार वा घरजग्गाको कारोबार गर्दा आफूभन्दा वरिष्ठको सल्लाह लिनु पर्दछ । साथै यसको कारोबार सम्पन्न गर्न यो दिन उचित मानिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – यस राशिका जातकले शनिवार स–साना कुरामा रिसाउनबाट बच्नुपर्दछ । यस दिन आफ्नो बदलिँदो विचारमा हतारमा काम गर्नबाट पनि बच्नुपर्दछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – यस राशिका जातकले शनिवार आफ्नो दिनचर्यामा परिवर्तन गर्ने प्रयास गर्नुपर्दछ । आर्थिक कार्यमा हुने चिन्ताबाट मन हटाएर व्यापारमा ध्यान दिनुपर्दछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार ०७:१३