सल्यान । सामाजिक सञ्जालमा गाली गरेको भन्दै सल्यानका एक जनालाई वडाबाट हुने सेवा सुविधाबाट वञ्चित गरिएको छ । बागचौर नगरपालिका–४ ले स्थानीय दीलबहादुर केसीले वडाध्यक्षसहितका जनप्रतिनिधिलाई गाली गलौच गर्नुका साथै चरित्र हत्या गरेको भन्दै वडा कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवाबाट बञ्चित गर्ने निर्णय गरेको हो ।
वडाध्यक्ष प्रेमबहादुर पुनद्धारा जारी विज्ञप्तिमा केसीले आफ्नो कमजोरी नसच्याएसम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिने उल्लेख छ । वडाध्यक्ष लगायत सदस्यहरूलाई छोटेराजाको दमनको संज्ञा दिँदै सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने, अनावश्यक आरोप लगाएकाले सेवा सुविधाबाट वञ्चित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
।