सूचनाको शक्ति - The Power Of Information

        

एमालेको महाधिवेशनमा कपडाको ब्यानर र भित्ते लेखन नहुने

काठमाडौं ।नेकपा एमालेले आउँदो महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । एमालेले मङ्सिर १०, ११ र १२ गते चितवनमा हुने दशौँ महाधिवेशनको प्रचार कार्यलाई तीव्र बनाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले विगतमा भन्दा फरक र नयाँ ढङ्गले महाधिवेशनको प्रचार अगाडि बढाएको र यसपालि कपडाको ब्यानर र भित्ते लेखन नहुने जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा सामाजिक सञ्जाललगायत डिजिटल माध्यमलाई बढी सक्रिय बनाउने बताउनुभयो ।

आज शुक्रवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको महाधिवेशन मूल व्यवस्थापन कमिटीले दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ भने एमालेको चुनाव चिह्न राखिएको छ ।

महाधिवेशनको बन्द सत्र होटल सेभेन स्टार परिसरमा हुने महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले बताउनुभयो।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १६:४६