सूचनाको शक्ति - The Power Of Information

        

समाचार

एमाले महाधिवेशनको लोगोमा हँसिया हथौडा गायब !

काठमाडौं । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनीक गरिएको हो ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् । सार्वजनीक भएको उक्त लोगोमा सूर्यभित्रको हँसिया हथौडा हटाइएको छ ।

नेकपा एमालेको मंसिर १० देखि चितवनमा हुने दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गर्ने क्रममा विना हँसिया हथौडाको सूर्य चिन्ह सार्वजनिक गरिएको हो । विधान महाधिवेशनले सूर्यभित्र सुनौलो रङको हँसिया हथौडा भएको लोगो पारित गरेको थियो ।

लोगोमा गैँडाले कम्युनिस्ट झण्डा समाएको देखाइएको छ । चितवन एकसिंगे गैँडाका लागि प्रख्यात छ । एमालेको राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यसका लागि भोली (शनिबार) देशभर प्रतिनिधि चयन हुँदैछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १४:३३