सूचनाको शक्ति - The Power Of Information

        

अपराध

लागुऔषध कारोबारको नयाँ शैली, रियल जुसको बट्टाभित्र कोरेक्स

बाँके । सुर्खेतका बबिन शाहीलाई बिहीबार इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गर्यो । नेपालगन्ज उपमहानगरपालिका–१५, जमुनाह नजिकबाट लागुऔषध कोरेक्स र नाइट्रोभेटसहित उनी पक्राउ परे । शाहीलाई दुई लिटर कोरेक्स र १५ ट्याब्लेट नाइट्रोभेटसहित प्रहरीले पक्राउ गर्यो ।

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका ३० वर्षीय शाही लागुऔषध कोरेक्स र नाइट्रोभेट ट्याब्लेट लिन बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहा पुगेका थिए । रियल जुसको बट्टाभित्र राखेर कोरेक्स ल्याएका थिए । रुपैडिहाबाट शाही हिँड्दै नेपालगन्ज प्रवेश गरेका थिए । उनले एक हातमा ५ किलो चिनी र अर्को हातमा जुसको बट्टा बोकेका थिए ।

प्रहरीले शंका लागेर जाँच गर्दा जुसको बट्टाभित्र कोरेक्स फेला परेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मिनबहादुर विष्टले जानकारी दिए । शाही यातायात समितिका कर्मचारी रहेको बुझिएको छ । सहजै आवतजावत हुने भएकाले यस क्षेत्रका लागुऔषध कारोबारीहरु सहजै रुपैडिहा पुगेर लागुऔषध बोक्ने गरेको पाइन्छ ।

नेपालमा प्रतिबन्ध कोरेक्समाथि प्रहरीले कडाई गरेपछि लागुऔषध कारोबारीहरुले नयाँ शैली अपनाउन थालेको इन्चार्ज विष्टले जानकारी दिए । उनका अनुसार दुई लिटर कोरेक्स रियल जुसको बट्टामा खन्याएर नेपाल आउँदै गरेका शाही पक्राउ परेपछि लागुऔषध कारोबारको नयाँ शैली फेला परेको हो ।

रियल जुसको बट्टाभित्र खन्याइएको २ लिटर कोरेक्ससहित नाइट्रोभेट र प्रहरीलाई शंका नहोस् भन्दै ५ केजी चिनी लिएर नेपालगन्ज आउँदै गरेका शाही पक्राउ परेपछि लनगुऔषध कारोबारको नयाँ शैली फेला परेको प्रहरीले जनाएको छ । रुपैडिहाबाट शाही हिँड्दै नेपालगन्ज प्रवेश गरेका थिए ।

उनले एक हातमा ५ किलो चिनी र अर्को हातमा जुसको बट्टा बोकेर पैडल नेपालगन्ज आउँदै गर्दा प्रहरीले शंका लागेर जाँच गर्दा जुसको बट्टाभित्र कोरेक्स फेला परेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बिष्टले जानकारी दिएका छन् । कारोबारीले नयाँ शैली फेरेपछि अहिले जुसका बट्टामाथि पनि निगरानी बढाइएको उनको भनाई छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १३:५८