सूचनाको शक्ति - The Power Of Information

        

डोल्पामा छायांकन हुँदै सुरक्षाको ‘बुलाकी’

काठमाडौं । फिल्म ‘बुलाकी’ यतिबेला डोल्पाको बिभिन्न स्थानमा छायांकन भइरहेको छ । फिल्म छायांकनका लागि अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्कासहितको टोली अघिल्लो साता डोल्पा पुगेको हो । फिल्मका निर्देशक लक्ष्मण सुनार रहेका छन् । अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत डोल्पाको बिभिन्न तस्बीरहरु सार्वजनिक गरिरहेकी छन् ।

उनले सार्वजनिक गरेको तस्बीरमा डोल्पाका स्थानीयलाई समेत देख्न सकिन्छ । फिल्ममा सुरक्षा र नरेनको अलवा विराज विष्ट, प्रेमदेव गिरी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, अप्सना थापा लगायतको अभिनय रहनेछ । राजबहादुर सानेको कथा, शिव ढकालको छायांकन रहेको फिल्म कला र मनोरञ्जनको सम्मिश्रण रहेको बताइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार ११:५३