सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.निरेश थापा नियुक्त

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अयोग्य पदाधिकारीलाई दैनिक कामकाजमा रोक लगाएसँगै निमित्त उपकुलपतिको जिम्मेवारी डा.निरेश थापालाई दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार रिक्त रहेको उपकुलपतिमा अर्को व्यवस्था नहुँदसम्म कामकाज गर्न प्रतिष्ठानका शिक्षाध्यक्ष डा.थापालाई जिम्मेवारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरिय निर्णय गर्दै डा.थापालाई निमित्त कार्यबहाकको रुपमा जिम्मेवारी दिएका हुन् । उपकुलपति डा.मंगल रावलको योग्यतामाथि प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले कामकाजमा रोक लगाएको थियो ।

उनको मुद्दासमेत अदालतमा रहेको र अदालतको आदेशलाई लत्याउँदै योग्ता नपुगेका डा.रावललाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले उपकुलपतिमा नियुक्त गरेको भन्दै संचारमाध्यमाले प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १०:१६