पाल्पा। क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलबभत्ता जिल्लाको विकास निर्माणमा खर्च गर्ने घोषणा गरेका छन्।
तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु।’
पूर्वउद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असहाय, वृद्धा र बालबालिकाकाे क्षेत्रमा खर्च गर्ने जानकारी दिए।
।