काठमाडौं । हालै नियुक्त नयाँ तीन वटा प्रदेश प्रमुखले आज पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
प्रदेश १ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले शपथ लिएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले कात्तिक २३ गते उनीहरूलाई नियुक्त गरेकी थिइन् ।
।