सूचनाको शक्ति - The Power Of Information

        

तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख  देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १६:५७