सूचनाको शक्ति - The Power Of Information

        

बिहिबार ३१७ कोरोना संक्रमित थपिए, २७९ डिस्चार्ज

फाइल तस्वीर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६०९ जनाको पीसीआर परीक्षणमा ३०१ र ३ हजार ४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १६:५१