सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ आज १३ सय रुपैयाँले बढ्यो

काठमाडौं ।सुनको भाउ आज १३ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तीन दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको हो  ।

आज चाँदीकाे भाउ तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार ११:०७