काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवादकाे टुङ्गो लगाएको छ ।
पछिल्लो समय विवाद रहेको रौतहट र रसुवाको विवाद टुङ्गो लागेसँगै सबै जिल्लाको विवाद टुङ्गिएको हो ।
विवाद टुङ्गो लागेसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको छ । कांग्रेसको नयाँ कार्यतालिकाअनुसार पर्सिदेखि रोकिएका अधिवेशन प्रक्रिया सुरु गरेर आउँदो मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ ।
कार्यतालिकाअनुसार कांग्रेसले पर्सि रोकिएका १४ जिल्लाको वडा तहदेखिका अधिवेशन सुरु गर्ने, मंसिर १० भित्र जिल्ला अधिवेशन गर्ने , मंसिर १६ र १७ मा प्रदेश अधिवेशन र मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ।
।