सूचनाको शक्ति - The Power Of Information

        

मौसम : तीन दिनसम्म न वर्षा न हिमपात, चिसोबाट बच्न २४ घण्टे चेतावनी

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको र आजदेखि तीन दिनसम्म कतै वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर चिसोबाट बच्न आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरिएको छ । जसमा भनिएको छ, वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।

महाशाखाले आज (बुधबार) बिाहन ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । तीन दिन शुक्रबारसम्मको मौसम अनुमान यस्तो छ,

बुधबार

दिउँसो – प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति – देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार

दिउँसो – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति – देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार

दिउँसो – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति – देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार ०६:५७